२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटलीमा गर्मी बढ्दै: ४० डिग्रि सेल्सियस तापक्रम पुग्ने चेतावनी



अ+ अ-

एजेन्सी । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ ।

उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ । गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो ।

आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ । साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो । देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो ।

इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमवार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो । सन् २०२२ मा भने यो भन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् ।

गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो ।