२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक (लाईभ)



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ ।

नयाँबानेश्वर स्थित संघीय संसद भवनमा आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा नै सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

पत्रमा भनिएको थियो “नेपालको संविधान धारा १०० को उपधारा १ बमोमिज आफुमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्मत् २०७८ साल बैशाख  २७ गते सोमबारको दिन अपरान्ह १ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरेको छु । ”

अधिवेशन औपचारिक रुपमा सुरु भएसंगै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि अघि बढेको छ । त्यसको लागि सभामुख सापकोटाले सोमबार नै बस्ने तेश्रो बैठकको समय तोक्नुभएको छ ।

सभामुखले सापकोटाले भन्नुभयो “प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १ सय को उपधारा १ बमोजिम आफु माथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न प्रतिनिधिसभा नियमावली २०७५ कोे नियम १५२ को उपनियम २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्तावको सूचना दिनुभएकोले सो प्रयोजनको लागि सोही नियमको उपनियम ३ बमोजिम आजै मिति २०७८ बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको तेश्रो बैठकको समय तोकेको व्यवहोरा जानकारी गराउन चाहन्छु ।  ”

त्यसअघि गणतन्त्र र लोकतन्त्र प्राप्तीका लागि जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो । त्यसपछि सभामुख सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाउनुभएको थियो । यसैबीच प्रतिनिधिसभाको दोश्रो बैठक अहिले सुरु भईसकेको छ ।