काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याइने भएको छ ।
सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । यस्तै निषेधाज्ञालाई कडाइका साथ लागू गरिने पनि बैठकले जनाएको छ ।
निर्णयसँगै आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।








