• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बुद्धनगरमा आतंक मच्चाइ रहेको भैंसी नियन्त्रणमा लिने तयारी



फाईल फोटो

काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र आ बिहान प्रवेश गरि आतंक मच्चाइ रहेको भैंसी नियन्त्रणमा लिन प्रहरीले वन कार्यालयको प्राविधिक टोलीलाई बोलाएको छ ।

वन प्राविधिक टोलीले डार्ट गरेर उक्त भैंसीलाई नियन्त्रणमा लिनका लागि खबर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भैसीले एक जना महिलालाई सामान्य घाइते बनाउनुका साथै दुई वटा गाडिमा क्षती पुर्‍याएको छ ।

भैंसी विद्यालयभित्र छिरे पछि विद्यालयले भुईतलामा रहेका कक्षामा पढ्ने सबै विद्यार्थीहरुलाई माथिल्लो तलामा सारेको प्रहरीले जनाएको छ ।

बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैंसीले आक्रमण गर्न सक्ने डरले स्थानीय आतंकित भएका थिए । आतंकित जस्तो देखिने उक्त भैंसी गल्लीगल्ली चहार्दै ज्ञान निकेतन स्कुलभित्र प्रवेश गरेको थियो । भैसी कस्को र कहाँबाट आयो भन्ने अहिले सम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।