२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई देउवाको प्रश्न- ‘यो अवस्था तपाइँकै दम्भका कारणले आएको होइन ?’



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले अहिलेको सबै समस्या प्रधानमन्त्रीको दम्भले गर्दा भएको आरोप लगाएका छन् ।

उनले प्रश्न गरे- के आज सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट नेपाली जनताले ल्याएको संविधान सुरक्षित छ ? तीन वर्षअघि एमाले र माओवादीको गठबन्धनबाट दुई तिहाइको सरकार गठन भएको थियो । तर आज तीन वर्ष पुग्दा नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

यो सबै प्रधानमन्त्री ओलीका कारण भएको हो- देउवाले भने । यो सरकारलाई काम गर्न कसले रोकेको छ ? प्रमुख प्रतिपक्षीले कहिले केमा असहयोग गर्यो ? उनले प्रश्न गरे । उनले भने ओलीको सरकार पूर्णत असफल भएको छ ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गरे आफूले काम गर्न नसक्ने अरुलाई दोष दिने ? सभापति देउवाले भने, प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न सक्नुहुदैन । एक पटक छातीमा हात राखेर आफूले आफैलाई सोध्नुस त यो समस्या तपाइकै कारणले सिर्जना भएको होइन ? यो सरकारले औषधि र खोपमै भ्रष्टाचार गरेर निर्लज्ज काम गरेको छ ।

औषधि मूलो नपाएर नेपाली छटपटाएका छन्, तर सरकार भने गत वर्ष स्वास्थ्य सामग्रीमा र अहिले खोपमा भ्रष्टाचार गरेको छ । जनता मरेको मर्यै गरेका छन्, औषधि छैन तर सरकार टुलुटुलु हेरेर बसेको छ, अनि प्रधानमन्त्री आफ्नो प्रशंसाको आत्मरतिमा रमाएका छन्, यो निर्लज्ज काम हो, उनले भने ।