१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका रेखा शाहको तीज गीतमा श्वेता र नीताको अभिनय



अ+ अ-

काठमाडौं । गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तिजैको बरिलै’को अडियो र भिडियो सार्वजनिक गर्नुभएको छ ।

टेकेन्द्र नेपालीको शब्द र सङ्गीत रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन छ । रुपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको नृत्य र अभिनय छ । गायिका शाहले पनि अभिनय गरेको गीतलाई स्मृति तिमिल्सिनाले नृत्य निर्देशन र मिलन विश्वकर्माले सम्पादन गर्नुभएको छ ।

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।