• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालबाट शुरु भएको होः घिसिङ



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनुभएको छ ।

मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताउनु भयो ।

उहाँले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताउनु भयो। उहाँले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पु¥याउने गरी काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौं । नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ । अहिले सयौं सवस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनि रहेको छ । अब केही समयमा धेरै सवस्टेशनहरुको उद्घाटन गर्दैछौं ।

धेरै हाइड्रोपावरहरुको उद्घाटन गर्दैछौं । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रुपमा प्राधिकरणलाई दिने भन्नुभएको छ । यो परियोजनाले देशको समृद्धिमा ठूलो योगदान पुर्याउन मद्दत गर्नेछौं ।’

उहाँले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताउनु भयो । उहाँले अहिले सयौं सबस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनिरहेको बताउनु भयो । उहाँले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको बताउनु भयो ।