२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई प्रचण्डको प्रश्न- तपाईलाई यो संसदसँग विश्वासको मत लिने नैतिक अधिकार छ ?



अ+ अ-

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई यो संसदसँग विश्वासको मत लिने नैतिक अधिकार नरहेको बताएका छन् । प्रचण्डले प्रश्न गरे, यो संंसद ओलीले विघटन गरेको, सांसदहरुलाई तिमीहरु मर्यौ भनेको अहिले पनि ताजै रहेकोले कुन विश्वास र नैतिकताका आधारमा आज यही सदनसँग विश्वासको मत लिँदै हुनुहुन्छ ?

प्रधानमन्त्रीको दम्भले देशलाई यो अवस्थामा पुर्याएको हो प्रचण्डले भने । प्रधानमन्त्री जस्तो व्यक्तिले नैतिकता नराखेको, विगतमा पार्टी एकताका क्रममा पार्टी र सरकारमा पालो पालो सहमति भएकोमा त्यो सबै भंग गरेको बताए ।

नेपाली जनताले पाँच वर्षका लागि दिएको जनमत दुई तिहाइको जनमतलाई लात हानेर संसदै विघटन गरिदिने प्रधानमन्त्रीले अहिले पनि मौका मिलेपछि फेरि विघटन नै गर्छु भन्ने प्रधानमन्त्रीले प्रतिशोध राखेको बताए ।

संवैधानिक संरचना कायम गर्नुको सट्टा ती कब्जा गर्ने, आज संसद बैठक चल्दैछ हिजो किन अध्यादेशमार्फत् संवैधानिक परिषदले नियुक्ति सिफारिश गरेको ? उनले प्रश्न गरे । प्रचण्डले संघीयता र समावेशिता पनि ओलीले संविधानमा ल्याउन नखोजेको आरोप पनि लगाए ।

संधिवान बनाउने बेलाको प्रसंग स्मरण गर्दै प्रचण्डले भने, तपाई प्रधानमन्त्रीले उ बेला संविधान बनाउने बेलामा नै हावाहुरी आयो मैले संघीयता मानिदिएँ भन्नुभएको होइन ?

उनले ओलीलाई निरंकुश र अलोकतान्त्रिक शसाक भएको बताए । उनले भने, बरु ज्यान जाला तर कुर्सी छोड्दिन भनेर लागेको होइन ? यसरी तपाईको चरित्र कसरी लोकतान्त्रिक हुन्छ ?