१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सुशासन, शान्ति सुव्यवस्था र  राष्ट्रिय समस्याको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रम

सुशासन, शान्ति सुव्यवस्था र  राष्ट्रिय समस्याको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रम
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण  सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गर्नुभएको छ । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग  विश्वासको मत माग्नुभएको हो ।

“सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछुु”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भन्नुभयो, “तीन वर्षमा देशमा धेरै उपलब्धिहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ ? मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।” 
प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उहाँले पार्टी अलग हुँदासमेत   विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताउनुभयो ।

“यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।”

वर्तमान समया कोभिड–१९बाट नागरिकलाई बचाउनका लािग सरकार लागिरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले त्यसका लागि धेरै प्रयास भइरहेको र  कोभिडलाई सहज पराजित गर्नका लागि दूरी कायम गरी बस्नसमेत आग्रह गर्नुभयो । “यो समय नागरिकलाई बचाउने समय हो, त्यस अभियानमा सबै जना लागौंँ”, प्रधानमन्त्री ओलीले आग्रह गर्दै भन्नुभयो, “कोभिड नियन्त्रणको अभियानमा हामी फेरि पनि लागौंँ, सरकार कसको आउला, कसको बन्ला त्यो अलग कुरा हो ।”
     
‘समृद्ध नेपाल ः सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न नेपालका सबै क्षेत्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि युवा स्वरोजगार र  महिला उत्थान कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । उहाँले सरकार सडक बालबालिकामुक्त देश बनाउने बनाउने अभियानमा लागिरहेको र स्वास्थ्य बीमा कार्यक्रममा धेरै जनसंख्यालाई सहभागी गराउने दूरगामी कामसमेत गर्दै आएको स्पष्ट पार्नुभयो ।

“शारीरिक अशक्त व्यक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोही छैन भनेर चिन्ता लिनु पर्दैन, सरकारले हेर्छ, सरकार अभिभावक हो, कोही अभिभावक छैन भने पनि सरकार छ ।”
    
भूकम्पपछिको पुनःनिर्माण गर्ने काममा तीव्रता दिइएको जनाउँदै उहाँले धरहरा, दरबार हाइस्कूल, वसन्तपुर दरबार, सिंहदरबारको पुनःनिर्माण, अस्पताल, पुरातात्त्विक महत्त्वका संरचनाको पुनःनिर्माण असाधारण तरिकाले भएको र मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा आएको सुनाउनुभयो ।

“दैनिक छ किलोमिटर सडक बनी कालोपत्रे भएको छ, त्यसमा सरकारले निरन्तरता दिएको छ”, उहाँले थप्नुभयो, “ धेरै विकासका अयोजना बन्दै गएको छ र १२ वटा नयाँ सिटी बन्दै छन् ।” उहाँले उद्योगलाई सुरक्षा र संरक्षण, व्यापार सन्तुलन, सामाजिक पूर्वाधार विकास, बालबालिका हित, उच्च शिक्षालाई अनुसन्धानको केन्द्र बनाउने र  आधुनिक र प्रतिस्पर्धी शिक्षा बनाउन सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले औचित्यपूर्ण ढंगले संविधानमा संशोधन गर्न सकिने जनाउँदै भन्नुभयो, “संविधान औचित्य र आवश्यकताका आधारमा संशोधन हुन सक्छ, अब कसैले विखण्डन र विभाजनको राजनीति रोज्दैन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन ।”

राजनीतिक उद्देश्य प्राप्ति र माग तथा आकाङ्क्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोचको अन्त्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको विचार मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याएको र ती ऐतिहासिक र ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधारका क्षेत्रका विकास जस्तै नेपाललाई सुरुङ मार्गको नयाँ  युगमा पु¥याउने तथा हवाई मार्ग, सञ्चारका क्षेत्रमा धेरै काम भइरहेको समेत जानकारी गराउनुभयो ।