२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्वास्थ्य खराब भएपछि एजेण्डामा प्रवेश नै नगरी सर्वदलीय बैठक स्थगित



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि बसेको सर्वदलीय बैठक औपचारिकरूपमा बस्दै नबसी सकिएको छ ।

भोलि बिहान पुन: ११ बजे बस्नेगरी नेताहरू सामान्य भेटघाट गरेर उठेको नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले बताउनुभयो । छानबिन समिति बनाउन माग गर्दै संसद् अवरोध गरिरहेको एमालेका कारण आज ३ बजेका लागि बोलाइएको संसद् बैठक पनि नबस्ने भएको छ ।

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको मुख्य सचेतक गिरीको भनाइ छ । उहाँका अनुसार समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको छ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहनुभएको छ ।

यसैबीच आजको बैठक स्थगित गरी भोलि साढे ३ बजेलाई निर्धारण गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।