• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

सिएम योगीको खुट्टा छुनुको कारणबारे रजनीकान्तले भने–’सन्यासी र योगीको खुट्टा छुने मेरो बानी’



एजेन्सी । साउथका सुपरस्टार रजनीकान्त अहिले दुई कारणले चर्चामा छन् । एकातिर उनको फिल्म ‘जेलर’ले बक्स अफिसमा कीर्तिमानी कमाई गरिरहेको छ ।

उता, रजनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको खुट्टा छोएको कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

यसैबीच, रजनीकान्तले मिडिया अन्तरक्रियामा सीएम योगीको खुट्टा छुनुको कारण बताए । चेन्नई एयरपोर्टमा मिडियाले उनलाई प्रश्न गर्दा रजनीले भने, ‘उमेरमा मभन्दा कान्छो भए पनि यो मेरो बानी हो । जब कुनै भिक्षु वा योगी मेरो अगाडि आउँछन्, म उहाँहरूको पाउ छुन्छु ।’

हालै रजनीकान्त फिल्म जेलरको प्रचार गर्न उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए । यहाँ उनले मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे । यस क्रममा रजनीकान्तले सीएम योगीको खुट्टा छोएका थिए जसका कारण उनी सामाजिक सञ्जालमा धेरै ट्रोल भएका थिए ।

रजनी अभिनित फिल्म ‘जेलर’को बक्स अफिस कलेक्शनले दिन प्रतिदिन रेकर्ड तोडिरहेको छ । फिल्मले सोमबार ६ करोड कमाएको छ । योसँगै यसको कुल कमाई २८७.७ करोड रुपैयाँ पुगेको छ ।

योसँगै यो फिल्मले विश्वभर ५ सय करोडको व्यापार गरेर ‘पोन्नियन सेल्वन’को रेकर्ड तोडेको छ । अब यसभन्दा अगाडि रजनीकान्तको आफ्नै फिल्म ‘२.०’ छ, जसले विश्वभर ७२३ करोडको कलेक्सन गरेको थियो ।