२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री भण्डारी डिस्चार्ज



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना हुनुभएका नेता भण्डारी आइतबार राती डिस्चार्ज हुनुभएको हो । 

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कनुभएका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमणसँगै होम आइसोलेसनमा रहनुभएका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । नेता भण्डारीसहित उहाँका श्रीमती र छोरालाई समेत कोरोना सङ्क्रमण देखिएको थियो । 

नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफुलाई कोरोना सङ्क्रणबाट मुक्त गराउन अनवरत खटिनुभएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।