२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत लिने प्रस्तावमाथि मत विभाजन शुरू भयो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि मत विभाजन प्रक्रिया शुरु भएको छ ।   

मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । 
    
मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन  तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय मत दिनुहुने छ, अन्यथा २६६ सांसदले मतजाहेर गर्नुहुने छ ।

 नेकपा (एमालें)का १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र  राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा  स्वतन्त्र एक सांसदलाई मताधिकार छ ।