६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आक्रोशित, त्रिवि भन्छ: नियमन गर्न खोजेका हौँ

पुस्तकालयमा बसेर पढेको पैसा तिर्नुपर्ने भएपछि विद्यार्थी आक्रोशित, त्रिवि भन्छ: नियमन गर्न खोजेका हौँ
अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।

उनीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका हुन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।

विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताउनु भयो । लामिछानेले पुस्तकालयमा स्वत:स्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताउनु भयो । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताउनु भयो । उहाँले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताउनु भयो ।

यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गर्नुभयो । उहाँले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको वताउनु भयो । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताउनु भयो ।

उहाँले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताउनु भयो । उहाँले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताउनु भयो ।

अर्का विद्यार्थी अशोक कार्कीले अन्य विकल्प नभएपछि शुल्क तिरेरै अध्ययान गर्न बाध्य भएको बताउनु भयो । उहाँले शुल्क निर्धारण मापदण्ड वैज्ञानीक नभएको भन्दै शुल्क लिनु आपत्तीजनक रहेको बताउनु भयो । कार्कीले आफू पुस्तकालयमा आउने नियमित विद्यार्थी भएको भन्दै शुल्क तोक्दा अहिले विद्यार्थी संख्या घटेको बताउनु भयो । उहाँले जागिर खाइसकेका, लोकसेवा लगायतको परीक्षा दिनका लागि मात्रै एक महिना/ डेढ महिना आउने गरेका विद्यार्थीले ६ महिनाको शुल्क तिर्नु वैज्ञानिक नभएको बताउनु भयो ।

यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताउनु भयो । उहाँले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताउनु भयो ।

ओझाले भन्नुभयो, ‘केन्द्रिय पुस्तकालयको नियमित सुविधा लिन चाहने विश्वविद्यालयको विद्यार्थी नभएको मान्छेले कम्तीमा एउटा नियममा बसेर हामीले अपनत्व महशुस गराउन खोजेका हौं । त्यस्तो महँगो शुल्क होइन । एउटा रेकर्डको लागि पनि हो । पाँच/सात सय रुपैयाँ महँगों नहोला । ’

केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताउनु भयो । उहाँले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिनुभयो । उहाँले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताउनु भयो । उहाँले पुस्तकालयमा विद्यार्थीबीच द्वन्द्वर झैझगडा नै हुन थालेपछि शुल्क निर्धारण गरिएको बताउनु भयो ।

सुवेदीले भन्नुभयो, ‘कुनैपनि पुस्तकालय त्यस्तो हुँदैन जहाँ सदस्य नभइकन त्यहाँका सामग्री प्रयोग गर्न पाईन्छ । हामीले यो भन्दा अगाडी विश्वविद्यालय केन्द्रिय पुस्तकालयमा जो कोही व्यक्ति पनि जुनसुकै बेला यो पुस्तकालय खोलुन्जेलसम्म पुस्तकालयमा बसेर पढ्नुपर्ने व्यवस्था गरिएको रहेछ । अब त्यो हुँदाखेरी हाम्रो विश्वविद्यालयभित्र बसेर पढिरहेको छ भन्ने कुराको रेकर्डपनि हामीसँग भएन । हामीले के गर्‍यौं भने कम्तीमा पुस्तकालयभित्र बसेर अध्ययन गर्ने विद्यार्थीहरुको रेकर्ड हामीसँग हुनुपर्छ । त्यसको लागि उनीहरुलाई सदस्यता अनिवार्य हुनुपर्छ भन्ने मान्यता राखेर भदौ १ गतेदेखि त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर पढ्न खोज्ने विद्यार्थीको लागि चाहीँ अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गर्‍यौं । त्रिवि केन्द्रिय क्याम्पसमा भर्ना हुने सबै विद्यार्थीहरु यहाँका सदस्य हुन पाउँछन् । र, उनीहरुसँग त्रिविको आइडेन्टीकार्ड हुन्छ ।

पुस्तकालय प्रयोग गर्न जुनसुकै देशमा सदस्यता कार्ड लिइन्छ । यो भन्दा अगाडी विद्यार्थीहरुले सित्तैमा भित्र छिरेर जुनसुकै बेला जसरीपनि बसेर पढ्न पाइने भइरहेको परिस्थितिमा सदस्य बनेर छिर्नुपर्दा अलिकति अफ्ठ्यारो भएको हुनसक्छ । यथार्थमा यो उहाँहरुलाई दु:ख दिन खोजिएको होइन की त्यो चाहीँ एउटा नियम बसाउन खोजिएको हो । यहाँ त विद्यार्थी आउने लाइन लागेर बस्ने र दुई थरी विद्यार्थी झगडा गर्ने, यहाँका भौतिक संरचनाहरुलाई पनि क्षती पुर्‍याउने, मेचमा बस्दाखेरी पनि म पहिले आएको त पछि आएको, यो मेरो ठाउँ यो मेरो ठाउँ भनेर एक किसिमको कन्फ्लीक्टको कुरापनि ल्याउन थाल्नुभयो । जसले गर्दा हामीलाई त एउटा नियमन त गर्नुपर्‍यो । नियमन गर्नलाई पहिलो स्टेपको सदस्यताको कुरा हो । सदस्यता हामीले नियम बनाउनका लागि गरेका हौं ।’

पुस्तकालयमा दैनिक सात सयदेखि एक हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि केन्द्रिय पुस्तकालयभित्र लामो समयसम्म बसेर अध्ययन गर्न खोज्ने विद्यार्थीको हकमा अनिवार्य रुपमा सदस्य हुने व्यवस्था गरीएको हो ।