• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

पाकिस्तान जानुअगाडि पशुपतिनाथ पुगे राष्ट्रिय टोली, सन्दीप गएनन्



काठमाडौं । नेपाली क्रिकेट टीम एसिया कप क्रिकेटका लागि पाकिस्तान जानुभन्दा अगाडि पशुपतिनाथ मन्दिर पुगेर आशीर्वाद लिएका छन् । राष्ट्रिय क्रिकेट टोली भोली पाकिस्तानतर्फ प्रस्थान गर्न लागेका हुन् । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमको बिदाइ कार्यक्रम राखेको छ ।

एसिया कप भदौ १३ गतेबाट सुरु हुने भएपनि केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा समुह ए मा रहेको नेपाल र पाकिस्तान भिड्दैछन् ।

क्यानले रोहित पौडेलको कप्तानीमा एसिया कप खेल्ने १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । जसमध्ये स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । उनी आज टिमसँग पशुपतिनाथ पनि पुगेका थिएनन् । उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । सन्दीपको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि उनले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको छ ।

सन्दीप अस्वस्थ भएकाले उनी बन्द प्रशिक्षणमा सहभागी नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दले विश्वास व्यक्त गरेका छन् ।