१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सोमबार ९ हजार २७१ जनामा संक्रमण पुष्टि हुँदा कुन जिल्लामा कति  संक्रमित थपिए ?

सोमबार ९ हजार २७१ जनामा संक्रमण पुष्टि हुँदा कुन जिल्लामा कति  संक्रमित थपिए ?
अ अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, खोटाङमा ६, झापामा १५४, ताप्लेजुङमा ३६, तेह्रथुममा ३१, धनकुटामा १, पाँचथर ७, भोजपुरमा ३, मोरङमा ३९९, संखुवासभामा ६ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १४४, पर्सामा १४६, बारामा ४०, महोत्तरीमा ८९, रौतहटमा ७७, सप्तरीमा १५, सर्लाहीमा १८ र सिरहामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेश अन्तर्गत काठमाडौंमा मात्र २७ सय ७५ जनामा कोरोना भेटिएको छ । काभ्रेमा १२७, चितवनमा ३९२, दोलखामा ६, धादिङमा ७०, नुवाकोटमा २३, भक्तपुरमा ३२७, मकवानपुरमा २३८, रसुवामा ८, रामेछापमा १७, ललितपुरमा ५०५, सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा १६ जना संक्रमित थपिएका छन् । 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४७३, गोरखामा ६२, तनहुँमा ३९, नवलपरासी पूर्वमा ८३, पर्वत ३७, मनाङ २, म्याग्दी २१, लमजुङमा २४, बागलुङमा ४ र स्याङजामा २८ जनामा कोरोना पाइएको छ ।

 लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ११५, गुल्मीमा २६, दाङमा २४६, नवलपरासीमा ७६, पाल्पामा १०८, प्यूठानमा ४, बर्दियाका १४४, बाँकेमा २९५, रुपन्देहीमा ५३० र रोल्पामा ८ जनामा संक्रमण पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्ला ९, डोल्पा ३, दैलेखमा २९, रुकुम पश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ७३, कञ्चनपुरमा ३९५, कैलालीमा ३४०, डडेल्धुरामा ३८, दार्चुला १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ ।