६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले विश्वासको मत दिन अनुपस्थित सांसदलाई कारबाही गर्ने



नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
नेकपा एमालेकाे पार्टी कार्यालय थापाथली
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैगर्दा अनुपस्थित हुने एमाले सांसदलाई कारबाही गरिने भएको हो ।

पार्टी अध्यक्षसमेत रहेका ओलीलाई विश्वासको मत नदिने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २० निर्वाचित र ८ समानुपातिक गरी २८ सांसद अनुपस्थित भएका हुन् । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले ‘ह्वीप उल्लंघन गम्भीर घटना भएकाले राजनीतिक दलसम्बन्धी ऐन र एमालेको विधानबमोजिम कारबाही हुने’ प्रस्ट पारेका छन् ।

नेपाल समूहको सोमबार नै बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगरी अनुपस्थित हुने निर्णय गरेको हो । सामूहिक राजीनामा दिने चर्चाबीच नेपाल समूहमै मतभेद भएपछि अनुपस्थित हुने निर्णय भएको थियो ।

अनुपस्थित समानुपातिक सांसदलाई भने कानुनबमोजिम ह्वीप उल्लंघन गरेका कारण पदमुक्त गरेर, बन्दसूचीमा रहेका उम्मेदवार जिताउनेबारे नेतृत्व तहमा छलफल भएको स्रोतको दावी छ । ८ समानुपातिक सांसदहरू रामकुमारी झाँक्री, कल्याणी खड्का, मुकुन्द न्यौपाने, सरला यादव, पुष्पा कर्ण, कलिला खान, लक्ष्मीकुमारी चौधरी र निरादेवी जैरीलाई ह्वीप उल्लंघनमा पदमुक्त गर्नेबारे छलफल भएको हो ।

प्रत्यक्ष निर्वाचित २० सांसदको हकमा अहिले केही नगर्ने र पार्टी एकताका लागि अझै उनीहरुलाई मौका दिइने एक एमाले नेताले राजधानीलाई बताए । नेपाल समूहले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई २ जेठ २०७५ कै अवस्थाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै आएको छ । आजको राजधानी दैनिकमा छ ।