६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस



अ+ अ-

काठमाडौं । नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न सोको  नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता,  बोलपत्र कागजात तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा चार कम्पनीले मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरेको जानकारी दिए ।

उनका अनुसार भारतको केपीएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र दुबईको एस थ्री टेल इङ्कले प्रस्ताव पेस गरको हो ।गोरखापत्र दैनिकमा छ ।