काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे छलफल गर्न बैठक बोलदाएका छन्। देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बोलाएका हुन्।
यता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छिन् । हिजो (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वतः प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।
संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न सक्छन्।








