• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

रोहितको कप्तानीमा एसिया कपका लागि भारतीय टोलीको घोषणा, राहुल–बुमराह र श्रेयसको कमब्याक



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले एसिया कपका लागि सोमबार भारतीय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी रोहित शर्मालाई सुम्पिएको छ ।

हार्दिक पाण्ड्या टोलीको उपकप्तान रहनेछन् । विकेटकिपर केएल राहुल र श्रेयस अय्यर टोलीमा फर्किएका छन् । स्पिनर युजवेन्द्र चहलले भने टोलीमा स्थान पाएका छैनन् । तर, फास्ट बलर जसप्रित बुमराहले एसिया कप खेल्ने भएका छन् । यस्तै, सन्जु सामसनलाई ‘रिजर्भ’मा राखिएको छ ।

ब्याटर सूर्यकुमार यादव र तिलक वर्मा सर्वाधिक चर्चामा रहेको नम्बर ४ मा परेका छन् । सोमबार दिउँसो १ः४५ बजे नयाँ दिल्लीमा भएको बैठकपछि पत्रकार सम्मेलनमा बीसीसीआईले टोलीको बारेमा जानकारी दिएको हो ।

एसिया कप अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा खेलिनेछ । भारतको पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग हुनेछ । यस प्रतियोगितामा नेपाल र पाकिस्तानसँगै भारत समूह ए मा परेको छ । योसँगै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

भारतीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, तिलक वर्मा, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण