• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

जोकोभिचले अल्काराजसँग लिए बदला, उपाधि जितेपछि आफ्नै टी–सर्ट च्याते



एजेन्सी । विश्वका नम्बर दुई टेनिस खेलाडी सर्बियाका नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स २०२३ को उपाधि जितेका छन् । फाइनलमा उनले विश्व नम्बर एक स्पेनका कार्लोस अल्काराजलाई ५–७, ७–६, ७–६ ले हराए । ग्रान्ड स्लाम बाहेक, उत्कृष्ट तीनले अन्य टेनिस प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तो अवस्थामा पहिलो सेट गुमाएपछि जोकोभिचले शानदार पुनरागमन गर्दै त्यसपछिका दुई सेट आफ्नो पक्षमा पारेर खेल जितेका थिए ।

यो जितसँगै सर्बियाका खेलाडीले गत महिना विम्बल्डन फाइनलमा अल्काराजसँगको हारको बदला पनि लिएका छन् । विम्बल्डनको फाइनलमा अल्काराजले जोकोभिचलाई १–६, ७–६, ६–१, ३–६, ६–४ को सेटमा हराएका थिए । विम्बल्डनमा हार्दा जोकोभिच रोएका थिए भने विश्व नम्बर १ अल्काराज पनि सिनसिनाटी मास्टर्समा हारेर भावुक बने ।

सिनसिनाटी मास्टर्स २०२३ को फाइनल ग्रान्डस्लाम बिनाको सबैभन्दा उत्कृष्ट खेलको रूपमा वर्णन गरिएको छ । अल्काराजले पहिलो सेट टाइब्रेकरमा ७–५ ले कब्जा गरे । यसपछि जोकोभिचले शानदार पुनरागमन गर्दै अर्को दुई सेट ७–६, ७–६ ले जितेका थिए । जितपछि जोकोभिच कोर्टमा सुते । त्यसपछि उनले अल्काराजसँग हात मिलाए । हात मिलाएपछि जोकोभिचले उत्साहमा आफ्नो टी–सर्ट च्याते ।

जोकोभिचको यो ३९ औं मास्टर्स उपाधि हो । उनी सबैभन्दा धेरै मास्टर्स उपाधि जित्ने टेनिस खेलाडी पनि हुन् । उनीपछि स्पेनका राफेल नाडाल छन्, जसले ३६ मास्टर्स उपाधि जितेका छन् । तेस्रो नम्बरमा पूर्व स्विस खेलाडी रोजर फेडेरर छन्, जसले २८ पटक उपाधि जितेका छन् । अमेरिकाका आन्द्रे अगासी १७ उपाधिका साथ चौथो र इङ्ल्यान्डका एन्डी मरे १४ उपाधिसहित पाँचौं नम्बरमा छन् ।

योसँगै जोकोभिच आफ्नो करियरमा सबैभन्दा धेरै खेल जित्ने आधारमा तेस्रो स्थानमा पुगेका छन् । उनले प्रोफेसनल टेनिसमा हालसम्म कुल १०६९ खेल जितेका छन् । यस सूचीको शीर्ष स्थानमा जिमी कोनर्स छन् । उनले आफ्नो करियरमा १२७४ खेल जितेका छन् । योसँगै फेडेरर १२५१ जितसहित दोस्रो स्थानमा छन् । नाडाल र इभान लेन्डल १०६८–१०६८ को जितसहित चौथो स्थानमा छन् । गुइलेर्मो विलास ९५१ जितसहित पाँचौं स्थानमा छन् ।