२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनको बैठक स्थगित



अ+ अ-

काठमाडौं । नयाँ सरकार गठन प्रक्रियामा छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको विपक्षी गठबन्धनको बैठक अकस्मात स्थगित भएको हो ।

पहिले दलहरूबीच आन्तरिक छलफलमा जुट्ने र त्यसपछि बैठक बस्ने कांग्रेसका एक नेताले बताएका छन् । यता देउवाले आजै दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । 

अरु दलले पनि आन्तरिक छलफल गर्ने र त्यसपछि आजै वा भोलि गठबन्धनको बैठक बस्ने ती नेताले बताए  ।

हिजो राति जसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै वैकल्पिक सरकार गठनमा पार्टी संलग्न नहुने बताएका थिए । त्यसै सिलसिलामा विपक्षी दल पहिले आन्तरिक छलफलमा जुटेका हुन् । 

यो पनिःकांग्रेस पदाधिकारी बैठक बस्दै