११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापन नियमावली संशोधन, एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने बोर्डको आशा



अ+ अ-

काठमाडौँ । विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली, २०८० स्वीकृत गरेपछि एजेन्सी र कर्मचारीको मिलिमतो तोडिने आशा विज्ञापन बोर्डले गरेको छ ।

विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावलीले विज्ञापन बजारलाई पारदर्शी बनाउने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले जानकारी दिनुभयो । न्यूजपोलारसँग उहाँले भन्नुभयो, “संशोधित नियमावलीमा सञ्चारमाध्यामहरुले आफनो दररेट सार्वजनिक गर्नुपर्ने, विज्ञापन बोर्डमा बुझाउनु पर्ने र बोर्डले त्यस्तो दररेटलाई सार्वजनिक गर्ने व्यवस्था मिलाइएको छ ।”

उहाँका अनुसार यसले पारदर्शीताका कायम गर्छ । उहाँले भन्नुभयो, “नियमावलीले विज्ञापन एजेन्सीहरुले विज्ञापनको भुक्तानी माग गर्दा सञ्चारमाध्यमले जारी गरेको बिलको प्रतिलिपि समावेश गरी आफ्नो सेवा शुल्क खुल्ने बिलको आधारमा भुक्तानी माग गर्नुपर्ने र सोही आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।”

संशोधित नियमावलीमा विज्ञापन वा सूचनालाई सार्वजनिक हित प्रवर्द्धनात्मक र अन्य विज्ञापन गरी तीन भागमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सञ्चारमाध्यामलाई प्रभाव पहुँच र लोकप्रियताको आधारमा स्तरीकरण गर्ने व्यवस्था मिलाइएको छ । निर्धारित स्तरअनुसार दररेट तोक्नुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।

त्यस्तो विज्ञापन प्रकाशन तथा प्रसारण गर्दा सञ्चारमाध्यमको छनोट भने विज्ञापनदाताले नै गर्न पाउने व्यवस्था मिलाइएको छ । रेडियो, टेलिभिजन, डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा प्रसारण हुने विज्ञापनलाई बोर्डले परीक्षण गर्ने व्यवस्था संशोधित नियमावलीले गरेको छ । यो व्यवस्थाले उच्छृंखल र भ्रमपूर्ण विज्ञापनहरु प्रसारणपूर्व नै रोकिने अधिकारीहरुले जनाएका छन् ।

बाह्य विज्ञापनमा ठेकेदारी प्रथाको अन्त गर्न स्थानीय तहले नै विज्ञापन कर उठाउनु पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै प्रत्येक होर्डिङबोर्डले स्थानीय तहसँग अनुमति लिनु पर्नेछ । स्थानीय तहले त्यस्तो अनुमति प्रदान गर्दा विज्ञापन बोर्डले निर्धारण गरेको विधि, मापदण्ड, आकार र प्रकारअनुसार गर्नु पर्नेछ । विज्ञापन बापतको रकम समयमा भुक्तानी नगर्ने विज्ञापनदाता विज्ञापन एजेन्सीको कारोबार निश्चित अवधिका लागि बोर्डले रोक लगाउन सक्नेछ ।

नेपाली टेलिभिजनले विदेशी संघसंस्था टेलिभिजनबाट निर्मित कार्यक्रम तथा खेलकुदसँग सम्बन्धित कार्यक्रम प्रसारण गर्दा नेपाली विज्ञापन राख्ने भए बोर्डबाट अनुमति लिनु पर्नेछ । संशोधित नियमावलीले विज्ञापन व्यवसायलाई मर्यादित र पारदर्शी बनाउने मन्त्रालयले जनाएको छ ।

यो व्यवस्था गर्न लागेको भन्दै गत महिना नेपाल विज्ञापन संघले विज्ञापन बोर्डमा तालाबन्दी गरी ७ दिनसम्म धर्ना दिएको थियो । संशोधित नियमावलीले सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।