• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा बैठक स्थगित



फाईल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आज दिनको १ बजे बस्ने भनी निर्धारण गरिएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसद्को महासचिव डा भरतराज गौतमले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

संसद्को गतिरोध खुलाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बरामद सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते मंगलबार दिनको ३ बजे बस्नेछ ।