• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु: सांसद नेम्वाङ ★   नटआउट थिए, खुट्टाले दुई पटक बाउन्ड्री छोयो… सामसनको विकेटमा सिद्धुको बयान ★   अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला ★   चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल ★   रणवीर सिंहले दीपिकासँगको विवाहको तस्बिर हटाए ★   सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’-फोटो फिचर ★   सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका ★   आईपीएलमा लखनउमाथि पहिलो जितको खोजीमा हैदरावाद ★   कोशीमा बजेटको तयारी तिब्र, २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी ★   शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

रसुवाबाट दुई किलो सुन बरामद



काठमाडौँ । शनिबार साँझ प्रहरीले रसुवाबाट दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि शेर्पालाई पनि पक्राउ गरिएको बताइएको छ ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । सुन परीक्षण गरेर थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।