काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
सोमबार कोरोना भाइरसको संक्रमणबाट १३९ जनाले ज्यान गुमाएका थिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।











