१४ असार २०८३, आईतवार
,
Latest
राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताउनुभएको छ ।

इन्ट्रा फाउन्डेसनले सनिवार साँझ आयोजना गरेको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले अगाडि बढाउन सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ग्रान्ड फिनाले कार्यक्रमबाट आज एउटा बलियो सन्देश विश्वभरि सम्प्रेषित भएको छ, एउटा ठूलो सन्देश गएको छ, अभियानको सुरुआतकर्ता हुनुको नाताले हामी सम्पूर्ण नेपालीहरू पनि अभियानमा संलग्न सबैप्रति साँच्चिकै हृदयदेखि आभार व्यक्त गर्न पनि चाहन्छौँ ।” ग्रान्ड फिनाले कार्यक्रम साँच्चिकै गर्व गर्नलायक रहेको र कलाकारले अद्वितीय कला प्रदर्शन गरेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनासित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरूपमा स्थापित गर्छ, यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।” कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भए पनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कला, संस्कृतिको संरक्षणमा जोड दिनुभयो । सिक्किम सरकार भारतका कृषि तथा बागमनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताउनुभयो । रासस