• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन ★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा उडान गर्दै



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो । नेपाल एयरलाइन्सको यो ११औँ अन्तर्राष्ट्रिय उडान गन्तव्य हो । यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो ।

उडान तालिकाअनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौँका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमको उडान विस्तारबाट नेपालीहरूको बाहुल्यता रहेको साउदीबाट नेपाल आवागमन सहज र सुलभ हुने विश्वास गरिएको छ ।

निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत आठ देशका ११ गन्तव्यमा उडान भरिरहेको छ । रासस