२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिने



अ+ अ-

काठमाडौं । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको हो ।

एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह गरेको छ ।