काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखाबाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।
उपचाररत रहेकै बेला मंगलबार साँझ उनको निधन भएको अस्पतालले जनाएको छ ।








