२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० अर्ब भारुको नयाँ योजना घोषणा



भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।
अ+ अ-

एजेन्सी । भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को नयाँ योजना घोषणा गरेको छ ।

बुधवार भारत सरकारले परम्परागत व्यवसायमा लागेका कालीगढ शिल्पकारहरुका लागि १३० बिलियन भारतीय भारुको नयाँ योजना घोषणा गरेको हो ।

योजनाको प्रमुख उद्देश्य दक्षिण एशियाली देशहरुको शहरी र ग्रामिण क्षेत्रमा रहेका यससँग सम्बन्धित श्रमीकहरुलाई सम्मान पारिश्रमीक दिनु हो । यस योजनाले सिकर्मी, सुनको काम गर्ने, फलामको काम गर्ने, कपाल काट्ने, माला बनाउने, कपडा सिलाउने, माछा मार्ने र जाल बनाउने लगायत १८ परम्परागत व्यपार गर्नेहरुलाई समावेश गर्ने लक्ष्य राखिएको छ ।

यो योजनाले सीप विकासमा ध्यान दिने, बजारीकरणलाई प्राथमिकता दिने पनि बताइएको छ । यस योजनाले परम्परागत सीपको प्रवद्र्धन गर्न मद्दत पुग्ने अपेक्षा छ ।