• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

साउनमा बजेट खर्च दुई र राजस्व सङ्कलन छ प्रतिशत



काठमाडौँ ।  चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रू ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन रू ८८ अर्ब १३ करोड ९० लाख बराबर छ ।

चालु आर्थिक वर्षमा सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ रू नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ रू चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो ।

साउन मसान्तसम्ममा चालुतर्फ रू १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पूँजीगततर्फ रू ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ रू २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ रू ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ रू आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशलमव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन । रासस