• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि

ब्याजदर वृद्धिबारे तीनवटै सरकारी बैंकका प्रमुखहरुलाई बोलाएर अर्थमन्त्रीले सोधे स्पष्टीकरण



फाईल फोटो

काठमाडौँ ।अर्थमन्त्री डा.प्रकाशशरण महतले तीन वटा सरकारी बैंकका सीईओलाई भदौ महिनाका लागि आफू खुसी ब्याजदर वृद्धि गरेकोमा स्पष्टीकरण सोधेका छन् ।

पर्याप्त तरलता हुँदाहुँदैपनि थप ब्याजदर वृद्धि गरेर लगानीको वातावरण धुमिल बनाएको भन्दै अर्थमन्त्री महतले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका सीईओलाई स्पष्टीकरण सोधेका हुन् ।

अर्थमन्त्री महतले सरकारी बैंकले नै किन सरकारको ब्याजदर घटाउने नीतिलाई असफल बनाउन खोजेको भन्दै कृषि बैंकका अध्यक्ष रामशरण पुडासैनीसँगै सीईओ गोविन्द गुरुङ, वाणिज्य बैंकका अध्यक्ष बलराम पाठक र सीईओ किरणकुमार श्रेष्ठ र नेपाल बैंकका अध्यक्ष ज्ञानप्रसाद ज्ञवालीसहित सीईओ कृष्णबहादुर अधिकारीलाई कारण सोधका हुन् ।

बैंकका प्रतिनिधिहरुले जवाफमा प्रतिस्पर्धी बजारमा निक्षेप जोगाउन ब्याजदर बढाउनुपरेको बताएका छन् । तर, निक्षेपमा ब्याजदर बढाएपनि कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता तीनवटै बैंकले गरेको स्रोतले बताएको छ । तर तीनवटै बैंकले कर्जामा भने ब्याजदर नबढाउने प्रतिबद्धता गरेका बताईएको छ।

बिहीबार बैंकहरुले भदौको लागि ब्याजदर बढाएको सूचना प्रकाशित गरेका थिए । जसमा नेपाल बैंकले साउनको तुलनामा भदौमा करिब २ प्रतिशतले ब्याजदर बढाएर मुद्दती निक्षेपमा १०.८९६ प्रतिशत बनाएको छ । कृषि विकास बैंकले पनि सोही ब्याजदर निर्धारण गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ९.९९० प्रतिशत बनाएको छ ।