• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो? ★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात ★   विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध ★   लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति ★   यार्सागुम्बा सङ्कलन: राज्यकोषमा एक करोड २५ लाख राजस्व ★   दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री दाहाल ★   डेलिभरी’मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री ★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था



काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।

सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । यस वर्ष भदौ १४ गतेसम्म चान्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।

यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमबार परेको छ । दुवै सोमबार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमबारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो । प्रत्येक वर्ष साउन महिनाको सोमबार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।

अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमबारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो । रासस