एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले तमिल सुपरहिट फिल्म 'विक्रम वेधा'बाट हात झिकेका छन् ।
पछिल्लो महिनासम्म चर्चा थियो कि ऋतिकले उक्त फिल्मको हिन्दी रिमेकमा आमिर खानलाई रिप्लेस गरेका थिए । तर ताजा रिपोर्ट अनुसार उनले यो फिल्म छाडेका छन् । समयको अभावले ऋतिकले यो फिल्मलाई छाडेको बताइएको छ ।
यद्यपि यसको आधिकारीक जानकारी भने बाहिर आएको छैन । ऋतिकको अन्य प्रोजेक्ट्सको कुरा गर्दा उनी ब्रिटिश शो 'द नाइट म्यानेजर'को हिन्दी अडप्सनका साथ डिजिटल डेब्यु गर्दैछन् ।
यसका अलावा उनी वार फेम निर्देशक सिद्धार्थ आनन्दको आगामी फिल्म 'फाइटर'मा मुख्य भूमिकामा देखा पर्दैछन् ।











