२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट टोली न्युजिल्यान्डसँग युएई १९ रनले पराजित



अ+ अ-

एजेन्सी । टि२० आईको पहिलो खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग युएई १९ रनले पराजित भएको छ । यससँगै युएईको घरेलु मैदानमा भएको तीन खेलको टि२० आईमा न्युजिल्यान्डले १-० ले अग्रता लिएको छ ।

जितको लागि न्युजिल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १ सय ३६ रन बनाउदै अल आउट भयो । युएईको लागि डेब्यू गरेका युवा ब्याटर अर्यांश शर्माले अर्धशतकिय ईनिङ खेले । उनले ४३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए ।

युएईका ओपनर मोहम्मद वासिम डक आउट भए भने वृत्य अरविन्द्य र आसिफ खान १३/१३ रनमा आउट भए । अंश टन्डन १२, बासिल हामिद ५, अली नासिर १६ र आयन खान ५ रनमा आउट भए ।

न्युजिल्यान्डको जितमा टिम साउथीले सर्वाधिक ५ विकेट लिए । मिचेल सान्टनार र जेम्श निसमले दुई विकेट लिए भने कायल जेमिसनले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डको लागि ओपनर टिम सिफर्टले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । ओपनर चाद बोवेस शून्य रनमा क्याच आउट भएका थिए भने विकेटकिपर डेन क्लेभरलाई ४ रनमा आउट भए ।

यस्तै, मिचेल सान्टनार २ रनमै बोल्ड हुँदा मार्क च्यापम्यान १५ र जेम्श निशम २५ रनमा आउट भए ।

युएईको लागि जुनैद सिद्दिक र बासिल हामिदले बराबरी दुई विकेट लिए । जहुर खान र मोहम्मद फराजुदीनले समान एक विकेट लिए ।

अब दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।