• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किन सक्छ: जगमान गुरुङ



काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताउनुभएको छ । रोल…

बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल र थाइल्याण्डबीच सबैकुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताउनु भयो । उहाँले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुन: सबै किसिमबाट समान हुने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बौद्ध धर्म, भगवान शाक्यमुनि, राम सीता, रामायाण संस्कृति नेपालको पनि त्यही हो र थाइल्याण्डको पनि त्यही हो । थाइल्याण्डमा राजतन्त्र छ, नेपालमा राजतन्त्र छैन फरक त्यत्ति हो । तर यदी राजाले बुद्धि पुर्‍याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ । तर अब आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने होइन, नेपालका विविध समुदायबीचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्छ । त्यसपछि फेरि थाइल्याण्ड र नेपाल बराबर हुन्छ । नेपालले मान्छे बेचेर खान्छ तर थाइल्याण्डले मान्छे बेचेर खाँदैन । खुशीयाली छ । कलियुगमा मान्छेको मासु मान्छेले खान्छ रे, पहिला दासदासी कमारा, कमारी बनाएर बेच्थे, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाएको छ । संकुचित भावना छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुले जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर सम्पूर्ण संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्छ । जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्छ ।’

अभिनेत्री शर्माले नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरुको भएको बताउनु भयो ।