५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ ।

प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीवार गिरीको पहिलो स्मृति दिवसमा लोक एवं लोकतन्त्र सेतु गाथा नाम दिएर काठमाडौंदेखि काशीसम्मको यात्रा गर्न लागेको जानकारी दिएको हो ।

भदौ २ गतेदेखि शुरु हुने यात्राको काठमाडौंको पशुपतिनाथ मन्दिरबाट काँग्रेस सभापति शेरबहादुर देउवाले समुद्घाटन र बिदाइ गर्नुहुने आयोजकले जनाएको छ । यात्रा काशीमा पुगेर समाप्त हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै स्व.गिरीका भ्राता शेखर गिरीले प्रदीप गिरी पीछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि आवाज उठाउने व्यक्ति भएको बताउनु भयो । उहाँले मधेसका मुद्दामा उहाँले मधेसीका माग पूरा नभएसम्म कुनै सम्झौता नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रदीप गिरी पिछडिएका व्यक्ति, दलित महिला, जनजातिको हक हीतका लागि उहाँले जहिले पनि आवाज उठाउनु भयो । उहाँमा कुनै भय नै थिएन । मधेसको माग पूरा नभएसम्म उहाँले कुनै सम्झौता गर्नुभएन । आउने पिढीका लागि उहाँले एउटा ज्योति छरेर जानुभएको छ । उहाँ जे बोल्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो ।’

गिरिका अनुयायीहरु स्व. गिरीलाई नेपाल–भारत मैत्रीका प्रमुख स्तम्भकारुपमा लिने गर्दछन् ।