२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाको पत्र, ‘म कुनै गठबन्धनमा नलागि तटस्थ रहेको छु’



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा (राजमो)को नामबाट दुईथरी दावी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

विपक्षी दलले राजमोले संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा पुग्दै गर्दा जनमोर्चाले हटाएको भनिएका दलका नेता थापाले भने प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गर्नुभएको छ ।

सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको बताउँदै उहाँले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई पत्रमार्फत आग्रह गर्नुभएको छ ।