३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्दकालिन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण प्रतिक्रियावादी षड्यन्त्र: माओवादी केन्द्र



अ+ अ-

काठमाडौं । नेकपा माओबादी केन्द्रले द्वन्दकालिन मुद्दालाई उचालेर सभामुख अग्नि सापकोटामाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रको गम्भीर अभिव्यक्ति भएको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल मार्फत सभामुख माथीको आक्रमणको जमेर प्रतिबाद गर्न आब्हान  गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जलमा लेख्नु भएको छ :

जनयुद्ध, जन-आन्दोलन, बिस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखि नै एकथरी शक्तिहरु सकृय रहदै आएका थिए र छन।

जनप्रतिनिधिमुलक संस्थामाथी प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनस् निर्वाचनको प्रक्रिया हुदै शान्ति र संविधानलाई नयाँ उचाईमा कृयाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्दकालिन मुद्दालाई उचालेर सम्माननिय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षड्यन्त्रको गम्भीर अभिव्यक्ति हो।

यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वँस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ।

यो विषय सामान्य छैन। यो राष्ट्रिय सिमाबाट मात्र निर्देशित पनि छैन। यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई बिभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहन्छ। यसबाट उत्पन्न हुने दुरगामी परिणामको आकलन गरि नियोजित रूपमा खडा गरिएका षड्यन्त्रका तानाबानाको अझ बढी एकतावद्द भै जमेर प्रतिवाद गरौं।

मंगलबार  १४ जना नागरिक अभियन्ताहरुले सभामुख सापकोटालाई महाअभियोग लगाएर हटाउन माग गरेका थिए ।