काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
काठमाडौंमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ गरि उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन् भने ५१७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।











