२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियामा शसस्त्र झडपमा परी २७ को मृत्यु, सय बढी घाइते



अ+ अ-

एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा शसस्त्र झडपमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ ।

बुधवार भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको हो ।

एएलले शहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ । सो झडपमा अन्य सय भन्दा बढी मानिस घाइते भएको बताइएको छ । अन्य २३४ मानिसहरुलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो ।

अहिले घाइतेहरुको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ । नेता मुअम्मरको सन् २०११ मा मृत्यु भएपछि लिबियामा हिंसा भड्किरहेको छ ।