१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमालेले चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

एमालेले चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको  झण्डा आधा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।  उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागार्इँको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।     

पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद हुनुभएको थियो । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र  इमान्दार नेता हुनुहुन्थ्यो ।  चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो । उहाँ हाल मध्यपुरथिमिमा बस्दैआउनुभएको थियो ।   

पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्नातकोत्तर उहाँले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँले पटकपटक गरी छ महिना बन्दी जीवन बिताउनुभएको थियो ।

विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगाल्नुभएका  चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गर्नुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनुभएको छ ।  पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।