२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा पदाधिकारी बैठकः सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी सकियो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीले बैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शिर्षनेता वीच छलफल गरेको छ । 

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शिर्ष तहबाट बैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो । लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वभाविक भएको भन्दै उहाँले छलफल जारी भएकाले भोलि विहिबार सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिनुभयो । बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरुमाथि थप छलफल गरि राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरि एकिकृत निर्णय गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो पार्टीको दुई खेमा होइन । फरक फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा । संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोली अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शिर्ष तहमा अनौपचारिक कुराकानी गरेको छु । छलफल जारी राख्छौ र  भोली सम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ । विभिन्न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्नरत छौ । अहिले निष्कर्षमा पुगिसकेका छैनौ । भोली सम्ममा निष्कर्षमा पुग्छौ । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडी बढीरहेका छौ । ”

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरुलाई एकसाताको समय दिनुभएको थियो । सो समय भोली सकिदै छ ।