२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्प्युटरमा काम गर्दा आँखा पोल्छ ? यो उपाय अपनाउनुस्



अ+ अ-

काठमाडौं । धेरैबेर कम्प्युटरमा काम गर्दा वा धूलो पर्दा आँखा पोल्न थाल्छ र आँसू आउँछ । आँखामा घरिघरि हात लगाउँदा र रगड्दा पनि यस्तो समस्या आउँछ । आई ड्रप हाल्नुका अलावा अन्य केही घरेलु उपाय गरेर पनि आँखालाई आराम दिन सकिन्छ ।

चिसो पानी : एउटा सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नुस् । यसो गर्दा आँखालाई चिसो पुग्छ । दिनमा धेरैचोटि यो प्रक्रिया दोहो–याउनुस् । आईसक्यूबले पनि आँखा सेक्न सकिन्छ ।

काँक्रो : काँक्रो खाँदा शरीरलाई चिसो हुन्छ र आँखा पोल्ने अनि चिलाउने पनि हट्छ । यसका लागि काँक्रोको पातलो टुक्रा पार्नुस् र १५ देखि २० मिनेटसम्म फ्रीजमा राख्नुस् । अब यसलाई निकालेर आँखामा १० मिनेटसम्म राख्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा आँखाले आराम पाउँछ र कालो घेरा पनि बन्न पाउँदैन ।

दूध : अलिकति कपासलाई चिसो दूधमा भिजाएर आँखावरिपरि रगड्नुस् । यसबाहेक दूधमा भिजेको कपास आँखामाथि राख्न पनि सक्नुहुन्छ । दिनमा दुईचोटि यसो गर्दा आँखालाई चिसो हुन्छ ।

गुलाफपानी : आँखाबाट आँसू चुहिरहन्छ भने चिसो पानीमा अलिकति गुलाफपानी हालेर आँखा धुनुस् । यसअतिरिक्त गुलाफपानीलाई आई ड्रप जसरी प्रयोग गर्न पनि सक्नुहुनेछ ।

ग्रीन टी : एक कप पानीमा ग्रीन टीका दुईवटा ब्याग हालेर उमाल्नुस् र यो पानीलाई चिसो हुनका लागि फ्रीजमा राख्नुस् । चिसो भएपछि यसको पानीले आँखामा दिनको दुईचोटि धुनुस् । यसो गर्दा आँखा ताजा हुन्छ र पोल्ने पनि कम हुन्छ ।