• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

गोन्द्राङ सवारी दुर्घटना: १९ व्यक्ति घाइते (भिडियोसहित)



काठमाडौँ । बुधबार दिउँसो करिब ११:४० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा एक स्कुल बससँगै, शव बाहन र मोटरसाइल तथा स्कुटरहरु एकापसमा ठक्कर खाँदा १९ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ७ जना गम्भीर, ५ जना मध्यम र ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालतर्फ पठाइएको र सम्पूर्ण सवारी साधन घटना स्लमै रहेको प्रहरीले बताएको छ ।

बस चालक नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको र घटनास्थलमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली गएको पनि प्रहरीले जनाएको छ ।