११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त , अस्पतालबाट डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त , अस्पतालबाट डिस्चार्ज
अ अ+ अ-

काठमाडौ ।नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज हुनुभएको छ । उहाँ अहिले राति ८ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा उहाँ पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । 

अस्पतालमा उहाँलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो । कोरोनाका लक्षणहरु हराएपछि उहाँको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उहाँलाई आज डिस्चार्ज गरिएको हो । 

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उहाँलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उहाँलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उहाँको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ । 

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उहाँ आमासँग अस्पतालमै हुनुहुन्छ । 

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गर्नुभएको थियो ।