• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

चितवनको टिकौलीमा भयानक दुर्घटना -फोटो फिचर



काठमाडौँ । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा केहीबेर अघि भयानक सवारी दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । दुर्घटनामा परेका केहीको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण आउन बाँकी नै छ ।

 

फोटो -राजेन्द्र आचार्यको फेसबुकबाट