२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका ३ मन्त्रीको भोली शपथ



अ+ अ-

काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका तिन मन्त्रीलाइ भोली (विहिबार) सपथ गराउने भएका छन् ।   

नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहेका छन् ।  

विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र शर्मालाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको छ  ।

नवनियुक्त मन्त्रीलाई बिहीबार ११ः०० बजे पद तथा गोपनीयताको शपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री रहनेछन् ।