४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ ।” रासस